पाकिस्तानमा ५.७ म्याग्निच्युडको भूकम्प, २० जनाको मृत्यु, सयौं घाइते


     एभरेस्ट आवाज    
     असाेज २१ गते २०७८ मा प्रकाशित



पाकिस्तानको दक्षिण–पश्चिम प्रान्त बलुचिस्तानमा आज (बिहीबार) बिहान ५.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।

उद्दारकर्ताहरुले भत्किएका संरचनाहरु हटाउने र अवरुद्ध सडकलाई खुलाउने प्रयास गरिरहेका छन्। प्रान्तीय राजधानी क्वेटादेखि १०० किलोमिटर पूर्व पर्ने हानी जिल्लालाई केन्द्रविन्दू बनाएर भूकम्प गएको थियो।

अमेरिकी भूगर्भ विभागका अनुसार जमिनको सतहदेखि २० किलोमिटर तलदेखि भूकम्पको धक्का महसुस गरिएको छ।
‘हामीले २० जनाको मृत्यु र १०० भन्दा बढीको मृत्यु भएको हुनसक्ने अनुमान गरेका छौं’ प्रान्तीय मन्त्री जिया लोंगोभले अलजजिरासँग भनेका छन्।

उनका अनुसार भूकम्पपछि गएको पहिरोले सडक अवरुद्ध हुँदा उद्दार कार्यमा कठिनाई भएको छ। बलुचिस्तान पाकिस्तानको ठूलो तर कम जनसंख्या बसोबास गर्ने प्रान्त हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।