तस्बीरः एजेन्सी
प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रवार) मन्त्रीपरिषद्लाई विस्तार गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री बनेको ३ महिनापछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार मन्त्रालय भागबन्डामा कुरा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
सहमतिअनुसार काँग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले ४/४ मन्त्रालय पाउनेछन्। साथै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले १/१ जना राज्यमन्त्री पनि पाउने छन्।
सहमतिअनुसार नेकपा एकिकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहरी विकास मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ।
यस्तै, काँग्रेसले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, रक्षा मन्त्रालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालय पाउने भएको छ।
यसअघि नै गृह र परराष्ट्र मन्त्रालय लिइसकेको काँग्रेसले स्वास्थ्य मन्त्रालय भने छोडेको छ। यस्तै, अर्थ र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लिएको माओवादी केन्द्रले भूमि व्यवस्था मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र खानेपानी मन्त्रालय पाउने भएको छ।
माओवादीको बुधबार बसेको स्थायी कमिटी बैकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र वोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरिसकेको छ। यद्यपि, कुन नेताले कुन मन्त्रालय लिने भन्ने तोकेको छैन।
यस्तै, जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपक्षी मन्त्रालय पाउने भएको छ। तर, जसपाले मन्त्रीहरू भने छान्न सकेको छैन।
अध्यक्ष उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले मन्त्री छान्ने जिम्मेवारी पाएका छन्। उनीहरूले बिहीबार आकांक्षीहरुसँग संवाद गरेको जसपा श्रोतले बताएको छ। श्रोतका अनुसार नाम भने टुंगो लगाइसकेको छैन।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






