जनताको अपेक्षा अनुरूप काम गरः संचार मन्त्री कार्की

- सबै नागरिकको सूचनाको हक सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारका काम कारबाहीलाई व्यवस्थित र पारदर्शी बनाउन सबै सरकारी निकायले सूचना प्रविधिको उच्चतम प्रयोगमा जोड दिनुपर्ने बताएका छन्।

शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री कार्कीले सबै नागरिकको सूचनाको हक सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए। समयको चुनौतीलाई अवसरको रूपमा लिएर काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई उनको निर्देशन थियो।

मन्त्री कार्कीले राजनैतिक नेतृत्व परिवर्तनबाट प्रभावित नभई जनताको अपेक्षा अनुरूप काम गर्न मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन समेत दिएका हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।