जनताको अपेक्षा अनुरूप काम गर्न नवनियुक्त मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

- सार्वजनिक खर्चलाई पारदर्शी र मितव्ययी बनाउने मापदण्ड २०७८ स्वीकृत


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुरूप काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

मन्त्रिपरिषद् पुनर्गठनपछि शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले उत्साह र ईमान्दारिताका साथ काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकता अनुसार काम गर्न निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संचारकर्मीहरूलाई जानकारी दिए।

यस्तै, मन्त्री कार्कीले सो अवसरमा नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको तर्फबाट मन्त्री बनेको र प्रधान न्यायाधीशसँग जोडेर आएका समाचारहरूमा सत्यता नरहेको समेत स्पष्ट पारेका छन्।

मन्त्रिपरिषद् बैठकले सार्वजनिक खर्चलाई पारदर्शी र मितव्ययी बनाउने मापदण्ड २०७८ स्वीकृत गरेको छ।

यस्तै, बैठकले यही भदौ २५ गते गठित मन्त्रिपरिषद्का समितिहरूको पुनर्गठन गर्ने तथा सरकारको प्रवक्तामा संचार तथा सूचना प्रविधि मन्त्रीलाई तोक्ने निर्णय समेत गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।