इपीएलको फाइनल आज

- उपाधिका लागि पोखरा राइनोज र चितवन टाइगर्स खेल्दै


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको उपाधिका लागि आज (शनिबार) पोखरा राइनोज र चितवन टाइगर्स खेल्दैछन्।

खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ।

पोखराले दोस्रो क्वालिफायरमा भैरहवालाई हराउँदै चितवनसँगको भेट पक्का गरेको हो। चितवनले भने पहिलो क्वालिफायरमा पोखरालाई हराउँदै फाइनलमा पुगेको हो।

यो संस्करणको इपीएलमा चितवन र पोखराले २ खेल खेलेकोमा दुवैमा चितवन विजयी भएको थियो। पहिलो क्वालिफायर चितवनले पोखरालाई ९ विकेटले पराजित गरेको थियो। लिगमा पनि चितवनले पोखरालाई ९ विकेटलेनै पराजित गरेको थियो।

पोखरा विनोद भण्डारीको कप्तानीमा र चितवन, सोमपाल कामीको कप्तानीमा खेल्दैछ। दुवै टोली पहिलो पटक इपीएल क्रिकेटको फाइलनमा पुगेका हुन्।

यसअघि, इपीएलको पहिलो संस्करणको पन्चकन्या तेजले (सन् २०१६), दोस्रो संस्करण सन् २०१७ विराटनगर वारियर्स र तेस्रो संस्करण सन् २०१८ ललितपुर प्याट्रियटर्सले जितेको थियो।

यसअघि, चितवन लिगमा ५ खेलमा ४ जित र १ हार सहित शीर्ष स्थानमा रहँदै क्वालिफायर खेलेको थियो।

पोखरा ५ खेलमा ३ जित र १ मा हार र एक खेलमा अंक बाँडदै ७ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो। पोखराले भैरहवा ग्ल्याडियटर्सलाई क्वालिफायरमा ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

यसअघि, बिहीबार भएको प्रि–म्याच फाइनल पत्रकार सम्मेलनमा बोल्दै दुबै टोलीका कप्तानले उपाधि आफ्नो टोलीले जित्ने दाबी गरिसकेका छन्।

इपीएलको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।