स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी ओली नसुध्रिए बगरमा पुग्न बेर नहुने कडा टिप्पणी गरेका छन् । नेपालीहरुको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत, छठलगायतका चाँडपर्वहरुको अवसरमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) कास्की जिल्ला कमिटीले शनिबार पोखरामा आयोजना शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेकपा एसका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री खतिवडाले ओलीको बोली र व्यवहारका कारण बालुवाटारबाट बालकोटहुँदै बार्दलीमा पुगेकोे भन्दै अबपनि नसुध्रिए बगरमा पुग्ने टिप्पणी गरेका हुन् । ओलीको छुद्र बोली र व्यक्तिगत अहंकार, घमण्ड र व्यक्तिवादी चरित्रले एमाले र स्वयम् ओली पतनको बाटोमा गएको बताए ।
सर्वोच्च अदालतले आफूहरुलाई अवैध भनेको खण्डमा केपी ओलीजस्तो केपी ओलीजस्तो नकच्चरो भएर संसदमा नबस्ने बताएका हुन् । तर संसदमा नारा लगाएको भरमा भने आफूहरुले संसद नछाड्ने स्पष्ट पारे । ‘जसले संसद भंग ग¥यो त्योचाहिं संसदमा बसिरहनु पर्ने । अनि जसले संसद ब्यूँताउन लड्यो त्योचाहिं निस्किनुपर्ने’–उनले अगाडि भने,‘सर्वोच्च अदालतले हामीलाई अवैध भन्छ भने हामी एक सेकेण्डपनि बस्दैनौं । केपी ओलीजस्तो नकच्चरो भएर दुई तिहाईको मत गुमाउने । दुई तिहाईको कम्युनिष्ट आन्दोलन, दुई तिहाईको सरकार गुमाउने । त्यहिपनि प्रधानमन्त्रीको कुर्सीमा बसिरहने । १७४ सिट घटेर ८३ मा झरिसक्यो तैपनि उपरखुट्टी लगाएर बसिरहने । हामी त्यस्तो गर्दैनौं ।’
नेता खतिवडाले संसदमा नारा लगाएकै भरमा संसदबाट सांसद निकाल्न पाउने हो भने केपी ओलीसहितका एमाले सांसदहरुबिरुद्ध सत्तापक्षका सबै सांसदले नारा लगाउने चेतावनी दिए । ‘संसदमा नारा लगाएको भरमा कसैले कसैलाई निकाल्न पाउने हो भने हामीपनि सत्तापक्षबाट १५५ जनाले नारा लगाउँछौं । त्यसबेला केपीसमेतका मान्छेलाई निकाल्न मिल्छ कि मिल्दैन ? त्यसकारण यस्ता नारा ५ दिन, १५ दिन होईन ५०० दिन लगाएपनि कानूनमा नभएका कुरा हुँदैन’–उनले भने । उनले सभामुखले आफूहरुलाई निकाल्न भने नसक्ने बताए ।
खतिवडाले ओलीबिरुद्ध सँगै लडेपनि एमालेमै रहेका १० भाईको स्थिति अहिले न हाँस्ने, न रुने स्थितिमा पुगेको टिप्पणी गरे । दश बुँदे सहमतिका नाममा बसेका साथीहरु अहिले कसरी बस्न सकेका होलान् ? प्रश्न गर्दै उनले भने,‘न कहिल्यै केपी ओलीले नत कहिल्यै गल्ती स्विकार्ने, माफी माग्ने काम गरेका छन्, नत विधिविधान नै मान्छु भनेका छन्, बरु उल्टै त्यो ठीक थियो, मेरो बिरुद्ध जानेहरु गद्धार हुन्, कुलंघार हुन्, तीनलाई कहिल्यै माफी दिन सकिन्न भन्दा लत्रक्क परेर बसेका छन् ।’
मन्त्री खतिवडाले केपी ओलीले पार्टीमा दासताको विकास गरेको आरोप लगाए । एमालेको विधान महाधिवेशनलाई हेर्नुस् उनले भने,‘त्यहाँ नेकपा एमाले जिन्दावाद भनेको एक शव्दपनि कतै सुन्न पाउनु हुन्न । यदि सुन्नुभयो भने त्यहाँ आईएम विथ फलानो, केपी ओली जिन्दावाद छ । यो भनेको पार्टीको विधि, विधान, नीति, बिचार, सिद्धान्त होइन व्यक्तिलाई मात्रै प्रधानता दिइएको छ ।’
नेकपा एस कास्कीका अध्यक्ष धनराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एसका नेता, कार्यकर्ताहरुको सहभागिता थियो भने अतिथिका रुपमा प्रदेशका मन्त्रीहरु, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका पार्टीहरुका नेताहरुको सहभागिता रहेको थियो । तर आफ्नै पार्टीबाट छुट्टिएर बनेको नेकपा एसको कार्यक्रममा एमालेका नेताहरु भने उपस्थिति भएनन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






