‘काँडाबीचको गुलाफ’ उपन्यास विमोचन


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०७८ मा प्रकाशित



साहित्य सर्जक हरिकला भुर्तेल(गौतम) को नारी प्रधान उपन्यास ‘काँडा बिचको गुलाफ“को शनिबार विमोचन गरिएको छ।

गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उपन्यासको बिमोचन गरेका हुन्।

कार्यक्रममा पूर्व गृहमन्त्री खगराज अधिकारी, पूर्व युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, रुपा गाउँपालिका अध्यक्ष नबराज ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए।

२८ वटा विभिन्न शिर्षकमा लेखिएको उपन्यास नारीहरुको संघर्षको कथालाई अत्यन्तै रोचक र यथार्थ तरिकाले उतारिएको छ। उपन्यासमार्फत महिलाहरूलाई सकरात्मक सोंचसहित उद्यमशील एवं स्वावलम्वी बनाउन उर्जा थप्ने विश्वास उपन्यास सर्जक हरिकला भुर्तेल (गौतम) ले लिएकी छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।