समता कला कार्यशालाको ६० औं शृंखलामा ‘रिमाइन्ड आर्ट वर्कसप’


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०७८ मा प्रकाशित



सिर्जनात्मक कला निर्माण गरेर समता कला कार्यशालाको ६० औं शृंखला पूरा गरिएको छ।

पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक ३/३ महिनाको तेस्रो शनिबार संचालन गर्दै आएको शृंखलामा यस पटक ‘रिमाइन्ड आर्ट वर्कसप’ नामको कला निर्माण गरिएको थियो।

कार्यशालामा वरिष्ठ कलाकार यादबचन्द्र भुर्तेल, बुद्धि गुरुङ, हरेराम जोजिजू, महेन्द्रप्रसाद राजभण्डारी, मिलन शेरचन, विश्व श्रेष्ठ, एसकुमार श्रेष्ठ, विश्वराज पराजुली, थमनसिंह सुनार, महादेव शाही, दलबहादुर गुरुङ, झबिन्द्र गुरुङ, कमल गुरुङ, युवराज लामिछाने, मनोज तामाङ, गोपाल दराई, नबीन थापामगर, स्नेहा गिरी, अर्जुन राई, विशाल गुरुङ, एलोन तामाङ, सुहानी आलेलगायतका कलाकारले पानी रङ, होनानो ओसिआना र एक्रेलिक माध्यमको प्रयोग गरी सिर्जनात्मक कला निर्माण गरेका थिए।

कार्यशालामा प्रज्ञा परिषद् सदस्य तथा परंपरागत शिल्पकला बिभाग प्रमुख प्राज्ञ बु्िद्घ गुरुङले २०४२ सालदेखि पोखरेली कलाकारहरुले गाउँघरको भ्रमण गरेको उल्लेख गरे। क्लाकारहरु कला सिर्जनामा निरन्तर लागेकाले नै आज कलामार्फत पोखरालाई पानी रङको सहरका रुपमा चिनाउन सफल रहेको उनको स्पष्टोक्ति थियो। समता कला कार्यशालाले अग्रज र अनुज दुवैलाई एउटै थलोमा काम गर्ने अवसर दिंदा नयाँ कलाकारले आफूलाई चम्काउने अवसर पाउने बताए।

संस्थाका सल्लाहकार तथा वरिष्ठ कलाकार कवि रमेश श्रेष्ठले कलाको विकासको लागि अरुको भर परेर होइन आफ्नै हातलाई क्रियाशील र सिर्जनशील बनाउनुपर्नेमा स्पष्ट पारे। उनले कला कार्यशालामा निर्माण गरिएका चित्रलाई प्रदर्शनीमा रुपान्तरण गरेर आम मानिससँग कला पु¥याउन आग्रह गरे।

परिवारका अध्यक्ष मोती भुजेलको सभापतित्वमा सम्पन्न कला कार्यशालामा कला संयोजक हेमकान्ती गुरुङले स्वागत र धन्यवाद ज्ञापन तथा सचिव डा.चैतन्य अधिकारीले कार्यक्रम संचालन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।