प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको खिलाफमा जाने सपना नदेख्न चेतावनी दिएका छन् । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न आईतबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र मात्रै भएको बताउँदै यसको खिलाफमा जाने सपना नदेख्न चेतावनी दिएका हुन् । केपी ओलीले पटक पटक संविधान मिचेर संसद विघटन गरेका थिए । सोहि विषयलाई ईंगित गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । ‘सबैले सुने हुन्छ प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक अरु केहि हुन सक्दैन । कोहि कसैले सपना नदेखे हुन्छ प्रजातन्त्रको खिलाफमा जाने, प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र नै हो, यो कुरा स्पष्ट होस्’–उनले भने ।
प्रधानमन्त्री देउवाले संघीयता पूर्ण रुपमा कार्यान्वयन गर्न अझै बाँकी रहेको बताए । उनले संघीयता कार्यान्वयनसँगै छिटो छरितो रुपमा विकासका कार्यक्रमहरु अगाडि बढाउनु पर्ने आवश्यक्ता रहेको बताए ।
प्रधानमन्त्री देउवाले नेपाल विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)बाट सुरक्षित भइनसकेपनि कोभिड नियन्त्रणका लागि नेपालले गरेको प्रयासलाई विश्व स्वास्थ्य संगठनले सराहना गर्दै धन्यवाद दिएको उल्लेख गरे । त्यस्तै वेलायत सरकारलेपनि नेपाल सुरक्षित रहेको भन्दै नेपालीहरुलाई भिसा दिने निर्णय गरेको भन्दै देशको महत्वपूर्ण उपलब्धी भएको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







