भैरवटोल मोहरियाटोल विकास संस्थाको शुभकामना आदनप्रदान


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०७८ मा प्रकाशित




पोखरा । भैरवटोल मोहरियाटोल विकास संस्थाद्वार विजया दशमी, दिपावली, नेपाल संवत लगायतका पर्वहरुको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले गरे । उनले भैरव टोल , मोहरिया टोल ऐतिहासिक क्षेत्र भएको उल्लेख गर्दै ऐतिहासिक सम्पदाहरुको संरक्षणका लागि राज्य र स्थानिय सबैको उत्तिकै महत्व भएको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका २ का वडाध्यक्ष रामेश्वर मल्ल, संस्थाका निवर्तमान अध्यक्ष अष्टमान प्रधानाङ्ग, संस्थाका सल्लाहकार कृष्ण देव प्रधानाङ्ग, सुरेन्द्रमान बिजुक्छें, उपाध्यक्ष शक्ति प्रधानाङ्ग लगायतले सो अवसरमा बोलेका थिए । उनीहरुले पोखराको भैरवटोल, मोहोरीया टोल ऐतिहासिक क्षेत्र भएको उल्लेख गर्दै यसको संरक्षण र प्रर्वद्धन गरिनुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष सविन उदासको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव सृजन भान्साकार्यले गरेका थिए । साथै कार्यक्रममा लाखे नाचको प्रदर्शन समेत गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।