पोखरा । गरिब तथा अति विपन्न वर्गका मानिसलाई लक्षित गरि पुर्वमन्त्री एवं तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष महादेव गुरुङले कोरोना कहरबाट अफ्ठ्यारोमा परेका जनतालाई राहत बितरण गर्नुभएको छ।
आहत जनतालाई महान् चाड बडादशैंमा केही न केही भएपनि राहत् मिलोस् भन्ने उद्देश्यले कास्की क्षेत्र नं ३ अन्तर्गतका गाउँ वस्तीमा खाध्यान्न वितरण गर्नुभएको हो। यथाशक्य सबै गाउँहरुमा पुग्ने योजना रहेको पुर्व जिविस सदस्य नेकाका नेता हरिप्रसाद लामिछानेले बताउनुभयो।
महाधिवेशन प्रतिनिधि लक्ष्मीबहादुर भट्टराईले बडा दशैं समस्त नेपालीको चाड भएकाले शुभकामना आदानप्रदान र विपन्न वर्गलाई खाध्यान्न वितरण अभियानमा नेपाली कांग्रेस रहेको जानकारी दिनुभयो । नेकाका नेता एवं साविक चापाकोट गाविसका पुर्व उपाध्यक्ष भीम रानाले कांग्रेस जनताबाटै अनुमोदित हुन बेला बेला जनतामाझ यसरी नै पुग्नुपर्ने अभिव्यक्ति दिनुभयो।सो अवसरमा नेकाका पुर्व जिल्ला सहसचिव भरतबहादुरअधिकारीले कांग्रेस सदा जनताको सुख दुखमा साथमा रहेको र रहिरहने प्रण गर्नुभयो।


सो कार्यक्रममा अन्नपूर्ण गापाका नवनिर्वाचित सहसचिव ताईकाजि गुरुङ , नेका वडा नं २३ ,अन्नपूर्ण २,लाहाचोक ,अन्नपूर्ण १ र ४ का ईकाइ सभापतिहरु , नेकाका महत्त्वपूर्ण व्यक्तित्वहरु ,नेपाली कांग्रेस कास्कीका नेतृद्वय सीता गुरुङ,हिरा भट्टराई ,नेकाका नेताहरु शुक गुरुङ धर्मसिंह लामिछाने एवं विधार्थी नेता पशुपति भट्टराईको सहभागिता रहेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







