कास्की र स्याङ्जामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यू भएको छ । कास्कीको घान्द्रुकमा भएको जीप दुर्घटनामा ८ र स्याङ्जाको वालिङमा भएको जीप दुर्घटनामा ३ गरी ११ जनाको मृत्यू भएको हो ।
पोखराबाट पर्यटकीय गाँउ घान्द्रुक जाँदै गरेको जीप घान्द्रुकको कलाभीरमा दुर्घटना हुदाँ चालक ८ जनाको निधन भएको छ । एक जना घाईते भएका छन् ।
सोमबार दिउँसो पोखराको हरिचोकबाट घान्द्रुकको लागि प्रस्थान गरेको ग १ ज ६९०० नम्बरको जीप दिउँसो करीब साढे दुईबजे दुर्घटनामा परेको हो । जिल्ला प्रहारी कार्यालय कास्कीका डिएसपी सुवास हमालका अनुसार जीपमा ९ जना सवार थिए । एकजना सामान्य घाईते भएका छन् । अन्य ८ जना भने गम्भीर घाईते भएको उनको भनाई थियो । जीप दुईसय मिटर तल खसेको छ ।
यद्यपी स्थानीयको भनाई अनुसार चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । ८ जना घान्द्रुक घुम्न गएका आन्तरिक पर्यटक भएको अनुमान गरिएको छ । यद्यपी पूर्ण जानकारी भने प्राप्त भईसकेको छैन् । प्रहरी र स्थानीय बासिन्दा उद्दारमा जुटिरहेका छन् ।
यसैगरी स्याङजाको वालिङ नगरपालिका –१० मोदीखोला भित्री सडक खण्डमा वालिङबाट लाखुडाँडा तर्फ जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । १५ जना घाईते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







