गण्डकीका विनाविभागीयमन्त्री डोबाटे विश्वकर्माले लिए पद तथा गोपनीयताको सपथ


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०७८ मा प्रकाशित



पोखरा । गण्डकी प्रदेशका विनाविभागीयमन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नवनियुक्त मन्त्री विश्वकर्माले संवैधानिक अधिकार अनुसार तोकिएको काम गर्ने बताए । उनले मुख्यमन्त्रीले दिएको जिम्मेवारी पुरा गर्ने भनाइ राखे । उनले पहिला मन्त्री नियुक्ती हुन नसकेकोमा त्यसलाई स्वभाविक रुपमा लिएको यो पार्टी भित्रको आन्तरिक कुरा रहेको बताए ।

यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा मन्त्री बन्ने चर्चाकाबीच डोबाटेको नाम अन्तिम समयमा काटिएको थियो । उनको ठाउमा विन्दुकुमार थापा मन्त्री बनेका थिए । मन्त्री विश्वकर्माको नियुक्तीलाई लिएर गठबन्धनले भने विरोध जनाएका छन् ।

कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।