सन्दीप लामिछाने बने ‘आईसीसी प्लेयर अफ द मन्थ


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०७८ मा प्रकाशित



तस्बीरः एजेन्सी

नेपाली क्रिकेटर सन्दीप लामिछाने सेप्टेम्बर महिनाका लागि ‘आइसीसी प्लेयर अफ द मन्थ’ विजेता बनेका छन्।

यसै वर्ष भएको पपुवान्युगिनी र ओमानसँगको खेलमा गरेको प्रदर्शन र देखाएको कौशलका कारण सन्दीप उत्कृष्ट खेलाडी छानिएका हुन्।

सन्दीपसँगै बंगलादेशका अर्का खेलाडी नासुम अहमद र अमेरिकी ब्याट्सम्यान जसकरण मल्होत्राले सेप्टेम्बर महिनामा राम्रो प्रदर्शन गरेका थिए।

लेग स्पिनर सन्दीपसँगै इङ्ल्याण्डकी हिथर नाइट पनि ‘आइसीसी प्लेयर अफ द मन्थ’ बनेकी छन्।

इङल्याण्डको महिला क्रिकेट टोलीकी क्याप्टेन नाइट अरु कडा प्रतिस्पर्धीकाबीच भोटिङमार्फत् छनौट भएका हुन्।

यस्तै इङ्ल्याण्डकी नाइट अरु दुई खेलाडी चार्ली डिन र साउथ अफ्रिकी खेलाडी लिजेले लीलाई पराजित गर्दै ‘प्लेयर अफ द मन्थ’ छनौट भएकी हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।