जर्मनी विश्वकप फुटबलका लागि छनोट


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०७८ मा प्रकाशित



तस्बीरः एजेन्सी

जर्मनी फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ।

आगामी वर्ष कतारले आयोजना हुने विश्वकपमा युरोपको देशमध्येबाट छनोट हुने जर्मनी पहिलो टिम पनि बनेको छ।

विश्वकपको युरोपियन छनोट अन्तर्गत सोमबार राति नर्थ म्यासेडोनियालाई ४–० गोलले हराउँदै जर्मनी २ खेल अगाबै विश्वकपका लागि छनोट भएको हो।

जर्मनीको जितमा टिमो वेर्नरले २ गोल गरे। काइ हाभर्ट्ज र जमाल मुसियालाले १/१ गोल गरे।

जितसँगै समूह जे बाट जर्मनीले २ खेल अगाबै विश्वकपमा स्थान बनाउन सफल भएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।