सिरियाको अफ्रिनमा कार बम विस्फोट, ६ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०७८ मा प्रकाशित



तस्बीरः एजेन्सी

सिरियाको उत्तरी शहर अफ्रिनमा सोमबार भएको कार बम विष्फोटमा कम्तीमा १ टर्की समर्थित विद्रोही लडाकु सहित ६ जनाको मृत्यु भएको छ।

अफ्रिनमा पनि टर्की समर्थक विद्रोहीहरूद्वारा हुने अन्य क्षेत्रहरू जस्तै नियमित लक्षित हत्या, बम विस्फोट र गोली हानाहान को दृश्य सामान्यरूपमा देखिन्छ।

बेलायतस्थित ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले बताएअनुसार सोमबार विद्रोहीको नियन्त्रणमा रहेको शहरको बीचमा ‘सर्वसाधारणको भिड लागेको क्षेत्रमा’ विष्फोटक पदार्थले भरिएको गाडी विष्फोट भएको बताइएको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।