मुगुमा बस दुर्घटना , २३ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

सुर्खेत । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।


सुर्खेतबाट मुगुका लागि छुटेको भे १ ख ३१६७ नम्वरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जनाबढी घाइते भएका छन् ।


सुर्खेतबाट ३९ जना यात्रु लिएर सदरमुकाम गमगढी जाँदै गरेको यात्रु वाहक बस मंगलबार दिउँसो दुर्घटना भएको हो ।


दुर्घटनाका घाइतेहरुको उद्दारको काम जारी रहेको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


यसअघि आज विहान मात्रै धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।


सोमबार कास्कीको नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।