गोरखाको मलेओडार भिरमा जीप दुर्घटना, १४ घाइते


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

गोरखा । गोरखाको मलेओडार भिरमा बोलेर जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।


गोरखा–बेनीघाट आरुघाट सडकखण्डमा पर्ने गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडार भिरमा मंगलबार भएको दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

बेनिघाटबाट दाधिङको माझीटार जाँदै गरेको बा २० च ४४०० नम्वरको बोलेरो अनियन्त्रित भई सडकबाट झण्डै ५० मिटर तर भिरमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । घटनामा तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको छ ।

यस्तै अन्य घाइतेको मलेखु सामुदायिक अस्पताल धादिङमा उपचार भइरहेको प्रनाउ दाहालले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ दाहालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।