इतिहास रच्दै नेपाल साफ च्याम्पीयनसीपको फाईनलमा प्रवेश


     एभरेस्ट आवाज    
     असाेज २७ गते २०७८ मा प्रकाशित



तस्बीरः एन्फा

नेपाल साफ च्याम्पीयनसीपको फाइनलमा प्रवेश गरेको छ । साफ च्याम्पीयनसीप अन्तर्गत बुधबार साँझ भएको लिगको अन्तिम खेलमा बंगलादेशलाई १÷१ को बराबरीमा रोक्दै नेपाल साफ च्याम्पीयनसीपको फाईनलमा प्रवेश गरेको हो । राउण्ड रोविन लिगको आधारमा ७ अंकसहित नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपाल इतिहासमा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघी नेपाल कहिल्यै फाइनलमा पुगेको थिएन ।

बुधबार भएको खेलमा नेपालले १÷० को पछि परेको अवस्थालाई उल्टाएर बराबरी गरेको हो । नेपालका लागि अञ्जन विष्टले बराबरी गोल फर्काए । विष्टले खेलको अन्त्यतिर जतिखेर नेपालले गोल फर्काउनले लगभग आश मारिसकेको थियो । तर उनले पेनाल्टीमार्फत गोल गरेका थिए । बंगलादेशी खेलाडीले लडाएपछि पाएको पेनाल्टीलाई उनले सदुपयोग गर्दै जित दिलाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।