गण्डकी प्रदेशसहित देशैभर आजदेखि ३ दिन मौसम बदली हुने

- वर्षा, चट्याङ र हिमपातकोपनि सम्भावना


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०७८ मा प्रकाशित



जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन गण्डकी प्रदेशसहित देशैभर मौसम बदली हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले हिजो विशेष बुलेटिन जारी गर्दै गण्डकी प्रदेशसहित देशैभर मौसम बदली हुने प्रक्षेपण गरेको हो ।

भारतको आन्द्रप्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपासको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिबारबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने र आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ।

ुधेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना छ,ु बुलेटिनमा भनिएको छ, ुउच्च पहाडी तथा हिमाली भू(भागहरूमा हिमपातको पनि सम्भावना छ।ु
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार गण्डकी प्रदेशसहित १ नम्बर प्रदेश, २ नम्बर प्रदेश र बाग्मती प्रदेश प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक(दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

आज राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

महाशाखाले भोलि आईतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने जनाएको छ। गण्डकी प्रदेशसहित प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

भोलि रातीपनि देशभर सामान्य बदली रहनेछ। गण्डकी प्रदेशसहित सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानका साथै प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमा उल्लेख गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।