उपाधि जित्ने नेपालको सपना अधुरै, नेपाललाई हराउँदै भारतले जित्यो साफ च्याम्पीयनसीपको उपाधि


     एभरेस्ट आवाज    
     असाेज ३१ गते २०७८ मा प्रकाशित




साफ च्याम्पीयनसीपको उपाधि भारतले जितेको छ । मालदिभ्सको मालेमा गएराती भएको खेलमा नेपाललाई ३÷० गोल अन्तरले हराउँदै भारतले १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको हो ।

नेपाललाई पराजित गर्न भारतका कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले एक÷एक गोल गरे । पहिलो हाफ बराबरीमा सकिएपनि दोश्रो हाफमा भारतले एकतर्फी ३ गोल ग¥यो । भारतका लागि ४९ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले खाता खोले । पहिलो गोल गरेको एक मिनेट पछि नै भारतका लागि सुरेशले गोल गर्दै भारतलाई २÷० को अग्रता दिलाए । दोश्रो हाफको ईञ्जुरी समयमा भारतका लागि साहलले तेश्रो गोल गर्दै भारतलाई सहज जित दिलाए ।

भारतसँग स्तब्ध भएसँगै नेपालको साफ च्याम्पीयनसीपको उपाधि जित्ने सपना अधुरै रहेको छ । भारतले भने कीर्तिमानी आठौं पटक साफको उपाधि जितेर इतिहास रचेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।