गोरु काटेको आरोपमा रोल्पाबाट १३ जना पक्राउ


     एभरेस्ट आवाज    
     कार्तिक ३ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

रोल्पा । रोल्पामा गोरु काटेको आरोपमा १३ जना पक्राउ परेका छन् । जिल्लाको रुन्टीगढी गाउँपालिका–१ को लापाल भन्ने स्थानबाट उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सोही गाउँपालिकाको राम्ली बस्ने २० वर्षिय आकाश घर्तीमगर लगायत १३ जना मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

गोरु काटिरहेको सुचना पाउनसाथ ईलाका प्रहरी कार्यालय होलरीबाट खटिएको प्रहरीले उनीहरुलाई करिव ८० किलो गोरुको मासु भागबण्डा गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।