काठमाण्डौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति हास्यास्पद भएको टिप्पणी गरेका छन् ।
नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समिति दमकले आज कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले एमाले अध्यक्ष ओलीले दिएको एक साताभित्र वर्तमान सरकार ढाल्ने अभिव्यक्ति हास्यास्पद भएको टिप्पणी गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका प्रवक्ता शर्माले संविधान सम्बत् ढंगले बनेको यो सरकारलाई कसैले ढाल्न नसक्ने चेतावनी दिँदै उनले यही सरकारले तीनै तहको निर्वाचन सम्पन्न गर्ने स्पष्ट पारे ।
देश प्राकृतिक विपत्तिमा परेको र यतिखेर दलीय एकता खाँचो रहेको बताउँदै उनले विपत्तिलाई सामना गर्न नै हामी सबैको साझा दायित्व भएको जोड दिए ।
विपत्तिले सिङ्गो राष्ट्र डुबेका बेला सरकारसँगै सबै नागरिक उद्धार र राहतका कार्यमा एकजुट हुनुपर्ने धारणा राखे ।
जिल्लाको दक्षिणी बाढीग्रस्त क्षेत्रको अवलोकन तथा बाढीपीडितसँग भेटघाट गरेका उनले बाढी, पहिराबाट ज्यान गुमाएका तथा उठिबास भएका परिवारलाई पुनःस्थापना गरी राहत दिन सरकारले थप व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।
सरकारले विपत्तिलगत्तै गरेको निर्णय प्रशंसनीय भएको चर्चा गर्दै उनले भने, “सरकारले गरेको निर्णय निष्पक्ष कार्यान्वयन गर्न तीनै तहको सरकार गम्भीर हुनुपर्छ ।” उनले विपत्तिमा परेका किसानलाई थप राहतको प्याकेज ल्याउनुपर्ने सरकारसँग माग गरे । कांग्रेस विपत्ति सहकार्यमा सदैव दलीय आस्थाभन्दा माथि रहेको उनको धारणा थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






