फिफा वरीयतामा नेपाल एक स्थान तल


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

नेपाल फिफाको वरीयतामा एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्था खस्कदै १ सय ६९ औं स्थानमा झरेको हो ।

यसअघि, फिफा वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा थियो। हालै, नेपाल साफ च्याम्पियनसीपको उपविजेता बनेको थियो। तर, नेपालको वरीयता घटेको हो। नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ।

नेपालभन्दा अघि भारत र माल्दिभ्स छ। वरीयतामा भारत १ सय ६ र माल्दिभ्स १ सय ५६ औं स्थानमा छ। नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन्। नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।