तस्बीरः एजेन्सी
केही दिन अघिदेखिको अविरल वर्षाका कारण आएको बेमौसमी बाढीपहिरो र डुबानमा परेर १ सय ११ जनाको मृत्यु भएको छ।
प्रहरी प्रधान कार्यालकयले बताए अनुसार ३७ जना अझै वेपत्ता छन्।
बाढीपहिरोमा परी प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो।
मुलुकभर गरेर कुल ४२ जना घाइते भएको प्रहरीले जनाएको छ। बाढी पहिरोमा परी प्रदेश १ मा ११, २ मा १, लुम्बिनी र कर्णाली प्रदेशमा १÷१ र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना वेपत्ता भएका जनाइएको छ। वेपत्ताको खोजीकार्य जारी छ। बाढीको कारण २ हजार २ सय ३२ वटा घर डुबानमा परेको तथा ७८ घर, १६ गोठ, ६ वटा पुल, विद्यालय १ र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ। कुल १ सय ८६ वटा पशु चौपाय मरेको जनाइएको छ।
उक्त अवधिमा १ हजार १ सय ८८ घर परिवार विस्थापित भएका छन्। बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, मानिसको उद्दार तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







