पोखरा । नेकपा (एमाले)को पोखरा–७ को वडा कमिटीको अध्यक्षमा किशोर बराल सर्वसम्मत निर्वाचित भएका छन् ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्र्तगत शनिबार सम्पन्न प्रथम वडा अधिवेशनले बरालको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी चयन गरेको हो ।
यसै क्रममा आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न भएको नेकपा एमाले केन्द्रिय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कार्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाएको छ।
विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ। आगामी मंसीर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिन्सिपल एशोसिएसन अफ नेपालको समन्वयमा युनेस्को र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा पोखरामा चारदिने…





