पोखरा । नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका कास्कीको ११ वटै वडा कमिटीको अधिवेशन शनिबार सम्पन्न भएको छ ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्र्तगत शनिबार सम्पन्न प्रथम वडा अधिवेशनले वडा नं १ मा छविलाल दाहाल, २ नारायणप्रसाद भण्डारी, ३ मा महेश्वर पौडेल, ४ मा कृष्णबहादुर केसी र ५ मा लालबहादुर केसीको अध्यक्षतामा ३१–३१ सदस्यीय कमिटी चयन गरेको एमाले अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।
यस्तै वडा नम्वर ६ को अध्यक्षमा एकदेव देवकोटा, ७ कमा दुर्गाबहादुर क्षेत्री, ८ मा टंकराज सुवेदी, ९ मा, पूर्ण राई १० मा राजबहादुर गुरुङ र ११ मा गुञ्जमान् गुरुङको अध्यक्षतामा ३१–३१ सदस्यीय वडा कमिटी चयन गरेको हो ।
यसैविच आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न भएको नेकपा एमाले केन्द्रिय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







