पोखरा । पोखरा महानगरपालिका वडा नं १ भीमकालीपाटनस्थित विन्दुवासिनी संस्कृत विद्यापीठमा छात्र भोजन गृह निर्माण गरिएको छ ।
कास्कीको रुपा गाउँपालिका निवासी ई किरिटी सुवेदी(हाल अमेरिका, इम्पावर नेपाल फाउन्डेशन) को १२ हजार अमेरिकी डलर आर्थिक सहयोगमा दुई कोठे भोजन गृह निर्माण गरिएको हो ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले आज एक कार्यक्रमकाबीच नवनिर्मित छात्र भोजन गृहको उद्घाटन गरे ।
पूर्वीय दर्शनका साथै प्राचीन संस्कृत भाषा, सभ्यता र वाङ्मयको उजागर गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उनले संस्कृत शिक्षासँगै हाम्रा प्राचीन संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने बताए । संस्कृत शिक्षाको विकासका लागि प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने विश्वास उनले व्यक्त गरे ।
विद्यापीठ विकास समितिका अध्यक्ष परशुराम बरालले विभिन्न साथ र सहयोगमा विद्यापीठ वर्तमान अवस्थामा आइपुगेको बताउँदै पोखरामा संस्कृत माध्यमिक विद्यालय र विद्यापीठबीच एकआपसमा सहकार्य गर्दै अघि बढीएको बताए ।
विद्यापीठ विकास समितिका संस्थापक अध्यक्ष लीलाभक्त आचार्यले सामान्य अवस्थामा सुरु गरिएको विद्यापीठ क्रमशः साधनस्रोत सम्पन्न बन्दै गएको धारणा राखे ।
विद्यापीठका प्राचार्य डा.जगन्नाथ रेग्मीले छात्रावास निर्माण भैसकेको र छात्र भोजन गृह अपरिहार्य रहेका अवस्थामा निर्मित भवन अध्ययनरत विद्यार्थीका लागि बहुउपयोगी बन्ने विश्वास व्यक्त बताए ।
कार्यक्रममा विद्यापीठका पूर्व प्राचार्य प्रा.डा.शालिग्राम सुवेदीले विद्यापीठलाई संस्कृत शिक्षाको आकर्षक गन्तव्य बनाउनका लागि सबैको साथ रसहयोग आवश्यक भएकोमा जोड दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







