पोखरा । थकाली सेवा समितिको अध्यक्षमा ई. गोविन्द गौचन निर्वाचित भएका छन् ।
संस्थाको ६७ औं साधारणसभा तथा २२ औं अधिवेसनले गौचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ई. रुजिन्द्र तुलाचन र तेजिन्द्र तुलाचन, सचिवमा अशोक भट्टचन, कोषाध्यक्षमा गोपी तुलाचन, सहकोषाध्यक्षमा खीमनारायण शेरचन तथा सहसचिवमा भक्त शेरचन चयन भएका छन् ।
सदस्यहरुमा साबि शेरचन, पूर्णकुमारी शेरचन, बिष्णु शेरचन, अमिता शेरचन, चित्र भट्टचन, झलक गौचन, प्रेम शेरचन, राजकुमार शेरचन, यज्ञकुमार गौचन, पदमप्रसाद गौचन, सुजन गौचन र कृष्ण गौचन छन् । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सल्लाहका डा. सोमत सिंह तुलाचनले आफ्नो संस्कार र संस्कृति जगेर्नाका लागि समितिले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा हरिध्वज तुलाचन, निवर्तमान अध्यक्ष विश्वमोहन गौचन, योगेन्द्र शेरचन, किरणप्रसाद भट्टचन, बसन्त भट्टचन लगायतले शुभकामना दिएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







