साङ्केतिक तस्विर
पोखरा । पोखरामा नाबालकहरुलाई यौनजन्य गतिविधी गर्दै आएको आरोपमा प्रहरीले एक जना क्यानेडियन नागरिकलाई रंगेहात पक्राउ गरेको छ ।
पोखराको लेकसाइडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास तथा विभिन्न प्रलोभनामा पारी यौनजन्य गतिविधी गर्र्दै आएको आरोपमा कास्की प्रहरीले क्यानेडियन नागरिक वर्ष ४४ का रोर्बट किन्केलीलाई पक्राउ गरेको हो ।
शनिबार दिउँसो दिउँसो साढे एक बजे जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई ३ जना बालकहरुलाई साथमा राखी यौनजन्य गतिविधी गर्दै गरेको अवस्थामा पक्राउ गरी नावालकहरुलाई उद्धार गरेको प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
साथै प्रहरीले उनको साथबाट ल्याप्टप १ थान, मोवाईल १ थान, राहदानी १ थान सहित थप प्रमाणमा लाग्ने चिजबस्तु बरामद गरेको प्रवत्ता हमालले बताए ।
उनलाई जिल्ला अदालत कास्कीबाट अप्राकृतिक मैथुन तथा बालबालिका बिरुद्धको कसुरमा दिन ७ म्याद थप गरि अनुसन्धान भइरहेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






