आइसीसी टी–२० विश्व कप अन्तर्गत सुपर १२ को हिँजो (आइतबार) को पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले हराएको छ।
शारजाह क्रिकेट मैदानमा बंगलादेशले दिएको १ सय ७२ रनको लक्ष्य श्रीलंकाले ५ विकेट गुमाएर ७ बलअघि नै भेटायो।
श्रीलंकाका लागि चरिता असलंकाले अविजित ८० रन बनाए। यस्तै, भानुका राजपाक्क्षले ५३ रन बनाए। बलिङतर्फ बंगलादेशका नसुम अहमद र शाकिब अल हसनले २÷२ विकेट लिए।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनायो। बंगलादेशका लागि मोहम्मद नइमले ६२ रन बनाए। त्यस्तै, मुशफीकर रहीमले अविजित ५७ रन बनाए । बलिङतर्फ श्रीलंकाका चमिका करुणारत्ने, विनुरा फर्नान्डो र लाहिरु कुमाराले १÷१ विकेट लिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







