काठमाण्डौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ७७६ मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा १० हजार ८६४ जनाको परीक्षण गर्दा ७७६ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ३६० जना रहेका छन् ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १४ छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.५ प्रतिशत छ ।
सङ्क्रमित शून्य रहेका जिल्ला मुगु मात्र छ । पछिल्लो २४ घण्टामा ५०१ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सात लाख ८८ हजार आठ सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत छ ।
आज कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार ३६१ जनाको मृत्यु भएको छ । होम आइसोलेशन नौ हजार ६१७, संस्थागत आइसोलेशनमा ७४३, सघन उपचार कक्षमा २५४ र भेन्टिलेटरमा ७४ जना छन् । आज नै ५७ हजार ६१० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
हालसम्म ८६ लाख २१ हजार ४४९ पहिलो मात्रा र ६६ लाख ४७ हजार ३३२ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


हेमजा,वैशाख १८ । पोखरा महानगरपालिका–२५, हेमजामा २०७० सालमा स्थापना भई सक्रिय सामाजिक…






