तस्बीरः एजेन्सी
नेकपा एमालेको दशौं राष्ट्रिय अधिवेशन अन्तर्गत आज (मंगलबार) पालिका अधिवेशन हुँदैछ।
पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष केपी ओलीले अधिवेशनको उद्घाटन गर्नेछन्।
एमालेले ७ सय ५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो। पालिकामा अधिवेशनले ५ सदस्यीय पदाधिरकारी चयन गर्नेछ। पलिका अधिवेशनबाट अध्यक्ष–१, उपाध्यक्ष–१, सचिव–१ र उप–सचिव–२ चुनिनेछन् ।
गाउँपालिका र नगरपालिकामा, ७५ उप–महानगरपालिकामा ८५ र महानगरपालिकामा १ सय १ सदस्यीय कमिटी चयन हुनेछ।
एमालेले शनिबार मात्रै ६ हजार भन्दा बढी वडा अधिवेशन गरिसकेको छ। ६ हजार ७ सय ४५ मध्ये बाढी र पहिरोका कारण केही ठाउँका अधिवेशन सरेको छ। सरेका वडाको अधिवेशन कात्तिक १५ गतेभित्र सक्ने एमाले सचिवालयले जनाएको छ। एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म दशौं राष्ट्रिय अधिवेशन गर्दैछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


हेमजा,वैशाख १८ । पोखरा महानगरपालिका–२५, हेमजामा २०७० सालमा स्थापना भई सक्रिय सामाजिक…






