आइसीसी टी–२० विश्वकप क्रिकेटः अफगानिस्तानको पनि सुखद् सुरुवात


     एभरेस्ट आवाज    
     कार्तिक ९ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

आइसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले पनि सुखद् सुरुआत गरेको छ।

सारजाहमा भएको खेलमा स्कटल्यान्डलाई १ सय ३० रनले पराजित गर्दै अफगानिस्तानले सुखद् सुरुआत गरेको हो।

अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो।

यसअघि, पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।