स्वर्गीय उदय व बस्नेत स्मृति भलिबल खेलाडी सम्मान वाट पोखराका किर्याशिल खेलाडी यम राना सम्मानित हुने भएका छन् । कास्की जिल्ला भलिबल संघ का संस्थापक अध्यक्ष स्व उदय व बस्नेत को स्मृति मा पोखरा को बाटुलेचौरमा रहेको हिमालय क्लबले स्थापना गरेको उक्त पुरस्कार पहिलो पटक राष्ट्रिय भलिबल टिमका कप्तान रानालाई प्रदान गर्न लागिएको हो ।
रानालाई क्लबले यही कार्तिक १३ गते एक कार्यक्रमकाबीच सम्मान पत्र सहित नगद १० हजार रुपैयाँको पुरस्कार प्रदान गरिने क्लब का अध्यक्ष मोहन थापा ले जानकारी दिनुभयो । स्रस्टा छनोट समितिका संयोजक याेगेन्द् व बस्नेत, सदस्य चन्द्र व खड्का, र भुवन बस्नेतको समिति ले गरेको सिफारिस लाई क्लबले अनुमोदन गरेको हो ।
सम्मान का लागि क्लबले १लाख ११हजार१सय११को अछ्यकोष स्थापना गरेको र सोही रकमबाट प्रत्येक वर्ष कास्की जिल्लाका ऋियासिल भलिबल खेलाडी लाई सम्मान गरिने सचिव प्रकाश थापा ले बताए । क्लब का मानार्थ सदस्य समेत रहेका पुर्व खेलाडी उदय व बस्नेतको २०७७असोज २५ गते निधन भएको थियो ।
यसैविच सोही दिन क्लब ले १२अौ अधिवेशन समेत गर्ने जनाएको छ।कालिका बहुउद्देश्यीय भवन मा हुने अधिवेशन को सम्पुर्ण तयारी पुरा भएको क्लबले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


हेमजा,वैशाख १८ । पोखरा महानगरपालिका–२५, हेमजामा २०७० सालमा स्थापना भई सक्रिय सामाजिक…






