नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४औँ बैठक बिहीबार बेंगलुरुमा


     रासस     
     कार्तिक ९ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । नेपाल–भारत द्विपक्षीय परामर्श समूह (एनआइबीसीजीएसआइ) को १४औँ बैठक यही कात्तिक ११ र १२ गते भारतको बेंगलुरुमा हुँदैछ ।

उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा रक्षा मन्त्रालयका प्रतिनिधि र नेपाली सेनसहितको टोली भोली त्यसतर्फ जाने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल तथा भारतबीच सुरक्षासम्बन्धी विषयमा नियमित रुपमा छलफल गर्ने उद्देश्यले सन् २००३ मा उक्त समूह गठन भएको हो । समूह गठनपछि सन् २००३ देखि सन् २०१८ सम्म १३ वटा बैठक भएका थिए ।

परामर्श समूहको १४औँ बैठक विसं २०७६ चैतमा भारतको नयाँ दिल्लीमा गर्ने योजना रहेकामा कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो । भारतको तर्फबाट पनि बाह्य मामिला मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने उक्त बैठकमा तालिम र क्षमतासम्बन्धी सहयोगका विविध पक्षमा छलफल हुने कार्यसूची रहेको नेपाली सेनाले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।