काँग्रेस महाधिवेशनको मंसिर २७ देखि २९ सम्म गर्ने प्रस्ताव


     एभरेस्ट आवाज    
     कार्तिक ११ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मंसीर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ।

पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको छ।

नयाँ तालिकाअनुसार हालसम्म वडा अधिवेशन प्रारम्भ हुन नसकेका १३ जिल्लाको अधिवेशन यही कार्तिक २७ गतेदेखि प्रारम्भ गर्ने तय गरिएको छ।

यसैगरी, जिल्ला अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन मंसीर १० गते तथा प्रदेश अधिवेशन मंसीर १६ र १७ गते गर्ने तय गरेको छ।

काँग्रेसले यसअघि महाधिवेशन मिति मंसीर ९ देखि १३ गतेसम्म गर्ने निर्धारण गरेको थियो। पार्टीले गत भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ गरेको थियो भने हालसम्म १३ हिमाली जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ।

यसबाहेक ४७ जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न भइसकेको र बाँकी ४ जिल्लामा वडा अधिवेशन सम्पन्न भई केहीबाहेक पालिकास्तरको अधिवेशन सम्पन्न गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।