चीनले दिएको थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ।
कोभ्याक्ससँगको कस्ट–सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप हिँजो (बुधबार) बिहान नेपाल आइपुगेको हो।
सरकारले कोभ्याक्ससँग कस्ट–सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो। सोहीअनुसार पहिलो चरणमा बुधबार १० लाख २० हजार डोज खोप आएको हो। खोपलाई टेकुस्थित भण्डारणमा राखिएको छ।
यसअघि, पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कूल १ करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बैशाख १८ फेवातालमा डुबेर एक बालकको मृत्यू भएको छ । पोखरा महानगरपालिका–१८…






