एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दीलिप, सचिवमा जीवन


     एभरेस्ट आवाज    
     कार्तिक ११ गते २०७८ मा प्रकाशित





नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दीलिप न्यौपाने चयन भएका छन् । एमाले महानगर कमिटीको अधिवेशनले न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । न्यौपाने महानगर कमिटीका पूर्व सचिव हुन् । अध्यक्षमा उमेद्वारी दिएका अन्य उमेद्वारहरुले मनोनयन फिर्ता लिएपछि न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

यसअघी नेकपा एमाले पोखरा महानगर कमिटीमा न्यौपानेसहित दीपक पौडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरी त्रिपाठीले अध्यक्षमा उमेद्वारी दिएका थिए । महानगर कमिटीको अध्यक्षमा उमेद्वारी दिएका पौडेल वर्तमान महानगर कमिटीका अध्यक्ष हुन् भने नेपाली पोखरा–५ का वडाध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रवक्ता हुन् ।

महानगर कमिटीको सचिवमा जीवनप्रसाद आचार्य चयन भएका छन् । अर्का प्रतिष्पर्धी गोकर्ण कार्कीले उमेद्वारी फिर्ता लिएपछि आचार्य सचिवमा निर्विरोध चयन भएका हुन् । आचार्य पोखरा–१६ का वडाध्यक्ष हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।