नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीद्वारा पदभार ग्रहण


     रासस     
     कार्तिक ११ गते २०७८ मा प्रकाशित




हेटौंडा । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयलगायत केही मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि कार्यभार सम्हाल्न जिम्मेवारी तोकेका छन् ।

नयाँ मन्त्रिपरिषद् विस्तार आज हुँदा तीन नवनियुक्त मन्त्री कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय एवं कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेबारी दिइएको छ ।

सो अवसरमा मुख्यमन्त्री पाण्डे र नवनियुक्त मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।