रूपा मावि स्तरिय हाजिरी जवाफ प्रतियोगितामा शिवालय मावि पहिलो


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७८ मा प्रकाशित




कास्कीको रूपा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबिच भएको माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिवालय मा। वि। पहिलो भएको छ ।

कालिका माध्यमिक विद्यालय, वडा नम्बर १ को आयोजनामा शुव्रmबार सम्पन्न प्रतियोगितामा रूपा गाउँपालिकाभित्रका १० माध्यमिक विद्यालयमध्ये ७ ओटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा वडा नम्बर २, थुम्कीस्थित शिवालयले ५५ अङ्कसहित पहिलो स्थान हासिल गरेको हो । सो विद्यालयबाट धिरज सुनार, समीक्षा राना मगर र निश्चल ओझा सहभागी थिए ।

यस्तै वडा नम्बर ६, तालबेसीस्थित रूपाज्योति मा। वि। दोस्रो, वडा नम्बर ३, पोल्याङस्थित जनता मा। वि। तेस्रो र वडा नम्बर ७, हंसपुरस्थित रामकोट मा। वि। सान्त्वना भएका थिए ।

प्रतियोगिताका विजेतालाई रूपा गाउँपालिका, शिक्षा शाखा प्रमुख सन्दिप पौडेल, प्रधानाध्यापक ज्ञानेन्द्र पौडेल, पुरस्कार प्रायोजकका तर्फबाट कीर्ति सुवेदीलगायतले पुरस्कार वितरण गरेका थिए । इम्पावर नेपाल फाउन्डेसनले प्रायोजन गरेको प्रतियोगितामा पहिलो हुनेले ५ हजार, दोस्रो हुनेले ४ हजार, तेस्रो हुनेले ३ हजार र सान्त्वना हुनेले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।