एन प्याब्सन कास्कीको दुई दिने प्रश्नपत्र निर्माणसम्बन्धी कार्यशाला शुरु

- समय सापेक्ष शिक्षा आजको आवश्यकताः शिक्षामन्त्री श्रेष्ठ


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७८ मा प्रकाशित




पोखरा। एन प्याब्सन कास्कीको आयोजनामा स्तरीकृत प्रश्नपत्र निर्माणसम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठी शुरु भएको छ ।

राष्ट्रिय परीक्षा वोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश, पोखराको समन्वयमा भएको उक्त गोष्ठी एन प्याब्सनमा आवद्ध विद्यालयका अग्रेजी, गणित र विज्ञान विषयका शिक्षक गरी १ सय २० जनाको सहभागिता रहेको एन प्याब्सन परीक्षा उपसमितिका कार्यवहाक संयोजक सञ्जय पौडेलले जानकारी दिए। गोष्ठी दुई दिन सम्म चल्ने छ । गोष्ठीको सहजीकरण डा.वेदप्रसाद ढकाल, रमेश भट्टराई, शान्ताराम लामिछाने र बामदेव पौडेलले गर्ने छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले समय सापेक्ष शिक्षा आजको आवश्यकता भएको बताए । ‘हामीले दिइराखेको शिक्षाले उपलब्धी हासिल गर्न नसकेको तथ्य यथार्थ हो’ उनले बताए, ‘समय सापेक्ष भुगोल माटो सुहाउदो खालको शिक्षा अवको आवश्यकता हो ।’

प्राविधिक शिक्षा तर्फ अगाडि बढ्न नसके देशले फड्को मार्न नसक्ने उको तर्क थियो । उनले समाज उपयोगि, उत्पाद र आत्मानिर्भर तर्फ शिक्षालाई जोड्न नसके सम्म जिम्वेवारी पुरा नहुने बताए। यस प्रदेशमा शिक्षा क्षेत्रलाई परिस्कृति गरी लैजान सरकार सधै निजि विद्यालयसँग हातेमालो गरेर अगाडि वढ्ने उनको भनाई थियो ।

‘हामी निजि विद्याललाई हतोत्साईत गर्ने होइनकी साझेदारीको रुपमा अगाडि बढ्ने छौं’ उनले भने, ‘ एने नियमावलीमा केहि असहज भए सँगै वसेर सुधार गर्न हामी सधै तयार नै छौं। उनले निजि क्षेत्रलाई अलग्यायर सररकार कहिल्यै पनि सफल नहुने बताउँदै वर्तमान सरकार निजि क्षेत्रसँग सहकार्य गरेरै अघि वढ्ने उल्लेख गरे ।

राष्ट्रिय परीक्षा वोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारयण श्रेष्ठले स्तरीय प्रश्नपत्रले नै शिक्षण सिकाइको सकारात्मक प्रभाव छोड्ने बताउँदै सामुदायिकसँगै निजि विद्यालयका शिक्षकलाई पनि सँगसँगै तालिमका कार्यक्रम ल्याउने उल्लेख गरे ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले शिक्षा क्षेत्रको विकास गर्नका लागि गुणस्तरीय परीक्षाको खाँचो पर्ने बताए ।

एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका अध्यक्ष याम खड्काले शिक्षाको गुणस्तर वृद्धि गर्न यो गोष्ठी कोषेढुड्डा सावित हुने बताए ।

प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद सुवेदीले अझै पनि व्यवसायिक र प्राविधिक शिक्षाको जग वसाल्न नसकेको बताए। युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङले निजि विद्यालयका शिक्षकहरु अझै पनि सरकारी क्षेत्रबाट दिने तालिमबाट वञ्चीत भएको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।