विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले शनिबार रोमाञ्चक खेलमा एक बल बाँकी छँदा श्रीलंकालाई ४ विकेटले हराएर सेमिफाइनलमा पुग्ने संभावनालाई कायम राखेको छ।
पहिले ब्याटिङ गरेको श्रीलंकाको पालि निर्धारित २० ओभरमा १४२ रनमा सीमित भएको थियो।
दक्षिण अफ्रिकाले १९.५ ओभरमा ६ विकेटको क्षतिमा १४६ रन बनाएर लक्ष्य भेट्टायो। दक्षिण अफ्रिकालाई ब्याटिङ गर्न कठिन पिचमा अन्तिम २ ओभरमा २४ रन बनाउन आवश्यक थियो। डेभिड मिलरले अन्तिम ओभरमा २ छक्का प्रहार गरेपछि दक्षिण अफ्रिकाको जित संभव बन्यो। दक्षिण अफ्रिकाको ३ खेलमा यो दोस्रो जित हो। श्रीलंका भने १ जित र २ हारको स्थितिमा छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







