आइसीसी टी–२० विश्वकप क्रिकेटमा इङ्ल्यान्डले अष्ट्रेलियालाई हराएको छ।
दुबईमा गएराति भएको खेलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इङ्ल्यान्डले लगातार तेस्रो जित निकालेको हो।
अष्ट्रेलियाले दिएको १ सय २६ रनको लक्ष्य इङ्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो। इङ्ल्यान्डका जोस बट्लरले अविजित ७१ रनको अर्धशतकीय पारी खेले। अष्ट्रेलियाका एडम जाम्पा र एस्टन एगरले १÷१ विकेट लिए।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय २५ रन बनाएको थियो।
अष्ट्रेलियाका कप्तान आरोन फिन्चले ४४ तथा एस्टन अगरले २० रन जोडे। इङ्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए। क्रिस वोक्स र ट्यामल मिल्सले २÷२ विकेट लिए। यस समूहमा रहेको इङ्ल्यान्डले ३ खेलमा ६ अंक जोडेको छ। इङ्ल्यान्डले यसअघिका खेलमा बंगलादेशलाई ८ विकेट र वेस्ट इण्डिजलाई ६ विकेटले हराएको थियो।
अष्ट्रेलिया ४ अंकका साथ चौथो स्थानमा छ। अष्ट्रेलियाको यो पहिलो हार हो। यसअघिका खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेट र दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







