लायन्स क्लव अफ पोखरा फेवा फुलवारीले पोखरा महानगरपालिका वडा नं २९ स्थित श्री नव दुर्गा आधारभुत विद्यालयमा युरो गार्ड, न्यानो कपडा, शैक्षिक सामाग्री, खेलकुद सामाग्री, आँखा शिविर र जेहेन्दार दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् लाइन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ का गभर्नर लायन विश्वेश्वर आचार्यले सहयोग सामाग्री हस्तान्तरण गर्दै विद्यालय र विद्यार्थीलाई अत्यावश्यक वस्तुहरु हस्तान्तरण गरेको तथा डिष्ट्रिक्टको उद्देश्य अनुसार दीर्घकालीन रूपमा स्कुललाई सहयोग गर्ने योजना राखेकोमा फेवा फूलबारी परिवारको प्रशंसा गर्नुभयो ।
उक्त अवसरमा विशेष अतिथि डिस्ट्रिक चिफ एडमिनिष्ट्रेटर लायन चण्डी अर्याल, कमिटि चेयरपर्सन लायन कृष्ण प्रसाद आचार्य, डिष्ट्रिक एडभाइजर लायन गोविन्द प्रसाद गौतम क्लवका संस्थापक अध्यक्ष तथा म्ष्कतचष्अत ब्यन लायन शंकर वहादुर खत्री एवम् स्कुल व्यवस्थापन समितिका अध्यक्ष बीर वहादुर गुरुङ, विद्यालयका प्रअ कौशिला गुरुङ, क्लष्टर ५ का क्लष्टर चिफ पुरुषोत्तम पराजुली, रिजन ९ का चेयरपर्सन लायन जीवन गोर्खाली, जोन १८ का चेयरपर्सन लायन युवराज बोहोरा लगायतको सहभागिता थियो ।
क्लबका अध्यक्ष लायन कुन्दनराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका नर्सरीदेखि कक्षा पाँच सम्मका करीब ५० जना विधार्थीहरूलाई न्यानो कपडा, युरो गार्ड, आँखा शिविर, छात्रवृत्ति, शैक्षिक सामग्री तथा खेलकुद सामाग्री समेत वितरण गरिएको थियो । फेवा फुलवारीका सचिव दीकाराम कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरवहादुर गुरूङले आगामी दिनमा यस्ता कार्यक्रमहरूको थप अपेक्षा गर्दै सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, शनिबार — पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा डुबेर २४ वर्षीय नरेश…







