दिप युनाइटेड क्लबको अध्यक्षमा खेमराज आचार्य


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७८ मा प्रकाशित




दिप युनाइटेड क्लबको छैठो साधरण सभा तथा तेस्रो अधिवेशनले खेमराज आचार्यको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ । समितिको उपाअध्यक्ष बिष्णुकुमारी गुरुङ , सचिव भिम आचार्य , सह( सचिव मञ्जु बस्याल, कोषाअध्यक्ष उषा गुरुङ चयन भएको जनाइएको छ ।

त्यस्तै, सदस्यहरूमा कृष्ण गौचन, ताराबहादुर रानामगर, अर्जुन गुरूङ, आशिष पौडेल क्षेत्री, यादव राज भण्डारी र तेजमान गुरूङ निर्विरोध चयन भएका छन् ।
पोखरा १६ का वडाध्यक्ष जीवन आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लवका भवन निर्माण सह संयोजक बिष्णु गुरुङलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।