पोखरा । तिहारको अवसरमा खेलिने देउसी भैलो राती १० बजेसम्म खेल्न जिल्ला प्रशासन कास्कीले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले नजिकिँदै गरेको नेपालीहरुका महान् पर्व शुभ–दिपावली, तिहार, छठ लगायतको अवसरमा आइतबार एक सूचनामार्फत यस्तो आग्रह गरेको हो ।
प्रशासनले कोभिड–१९ संक्रमणको दर अपेक्षितरुपमा घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भएको भन्दै सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
प्रशासनले देउसी–भैलो, नाचगान जस्ता कार्यक्रमहरु शान्तिपूर्णरुपमा राती १० बजेसम्म सञ्चालन गर्न आग्रह गरेको छ । साथै सार्वजनिक यातायात र जनजीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासित रुपमा देउसी–भैलोका क्रार्यक्रमा सञ्चालन गर्न भनेको छ ।
यस्तै पटका आतसवाजी, झिरझिरे, भूईचम्पा जस्ता विष्फोटकजन्य पदार्थको निकासी, ओसारपसार एवंम् विक्री वितरण र प्रयोगमा रोक लागाइको छ ।
चाडपर्वका बेला भीडभाडजन्य गतिविधि, मादक पदार्थ सेवन गरि समाजमा अशान्ति फैलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्ने जस्ता कार्यहरु नगर्नपनि सचेत गराइएको छ ।
त्यस्तै मठ मन्दिर, गुम्बा लगायतका धार्मिक स्थलहरुमा स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्दै अनावश्यक भीडभाड नगरी पुजापाठ लगायतका अन्य क्रियाकलाप सञ्चालन गर्न आग्रह गरिएको छ ।
विज्ञप्तीमा शान्ति सुरक्षा एवम् अमनचयनको अवस्थालाई सामान्य तुल्याउँदै स्वतन्त्र र खुसियाली पूर्वक पर्व मनाउन सबैलाई अनुरोध गरिएको छ । माथी उल्लेखित नियमहरुको पालना नगरेको अवस्थामा कानुन बमोजिम कारवाही हुने विज्ञप्तीमा भनिएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







