इरान एएफसी यु–२३ एसियन कप फुटबलका लागि छनोट भएको छ।
आइतबार घरेलु टोली ताजिकिस्तानलाई ३–२ गोल अन्तरले पराजित गर्दै इरान यु–२३ एसियन कपमा छनोट भएको हो।
ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा इरानलाई जित दिलाउन कप्तान यासिन सलमानीले ह्याट्रिक पूरा गरे।
ताजिकिस्तानका जेइरोभ इस्लोम र एह्सोनी पान्सनबेले १÷१ गोल गरे। जितसँगै समूह ’बी’ को इरानले ३ खेलबाट ९ अंक जोड्दै यू–२३ एसियन कपको यात्रा बनायो। इरान समूह विजेता बन्दै एसियन कपमा छनोट भएको हो।
नेपालको निरस लाग्दो ताजिकिस्तान यात्रा
यस समूहमा रहेको नेपाल भने जितविहीन बन्दै बाहिरिएको छ। नेपाल एएफसी यु–२३ एसियन कप छनोटको अन्तिम खेलमा पनि लेबनानसँग फरक गोल अन्तरले पराजित बन्यो। आइतबार ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल लेबनानसँग ४–० गोल अन्तरले पराजित भएको हो।

समूह ‘बी’ मा रहेको लेबनानसँगको हारसँगै प्रतियोगितामा जितविहीन रह्यो। ताजिकिस्तानको यात्रामा नेपालले १४ गोल खाँदा एक गोल पनि गर्न सकेन। यसअघि, नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो ।
उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







