विश्व कप टी–२० क्रिकेटः अफगानिस्तानको दोस्रो जित


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०७८ मा प्रकाशित




आइसीसी टी–२० विश्व कप क्रिकेटमा अफगानिस्तानले नामिबियालाई ६२ रनले हराएको छ।

आबुधाबीमा अफगानिस्तानले दिएको १६१ रनको लक्ष्य पछ्याएको नामिबिया ९ विकेट गुमाएर ९८ रनमा समेटियो।

उसका लागि डेभिड वाइजले सर्वाधिक २६ रन बनाए। बलिङतर्फ अफगानिस्तानका नभीन–उल–हक र हमिद हसनले ३/३ विकेट लिए
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १६० रन बनायो। उसका लागि मोहम्मद शेहजादले ४५, हजरतुल्लाह जाजाईले ३३ र कप्तान मोहम्मद नाबीले नटआउट ३२ रन बनाए। बलिङतर्फ नामिबियाका लोफ्टी एटन र रुबेन ट्रमप्लेमानले २/२ विकेट लिए।

नामिबियाको २ खेलमा २ अंक मात्रै छ। अफगानिस्तान भने ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा छ। अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ। यो समूहको पाकिस्तान ६ अंकका साथ शीर्ष स्थानमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।