पोखरा । पोखराका युवा व्यवशायीहरु नेकपा एमालेमा प्रवेश गरेका छन । युवा संघ नेपाल गण्डकी प्रदेशले गण्डकी प्रदेशमा ३० हजार युवालाई पार्टी प्रवेश र १५ हजार युवालाई संगठित गराउने अभियान चलाइरहेको वेलामा यहांका एकदर्जन वढी युवा ब्यवशायीहरु एमालेमा प्रवेश गरेका हुन ।
एमालेमा प्रवेश गर्नेहरुमा होटल तथा रेष्टुरेण्ट व्यवशायी सरोज गुरुङ (मिक्की), क्रस फायर बाइक सोरुमका सञ्चालक रोशन लोप्चन, नेपाल परिवार दलका केन्दीय सदस्य चित्र बहादुर गुरुङ, रुपाहिल दोहोरी सांझका सञ्चालक व्यवशायी मनोज कुमार वर्देवा सहित प्रेम अधिकारी, नेत्रमान गुरुङ , चोगेन्द्र गुरुङ, सुरज थापा क्षेत्री, निमेष गुरुङ , रोसन तिमल्सिना, राजन शेरचन, जीवन गुरुङ लगायतका युवाहरु विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन ।
नव प्रवेशीहरुलाई नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, युवा संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी, युवा संघका गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङ लगायतले अविर र माला लगाई एमालेमा प्रवेश गराएका थिए ।
सो अवसरमा वोल्दै नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशमा पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेले सवै पक्षलाई समेटेर अगाडि वढिरहदा युवा ब्यवशायीहरुपनि एमाले प्रति आकर्षित भएको देख्न पाउदा निकै खुसी लागेको वताउदै कुनैपनि व्यवशायीको हक हितका लागी आफ्नो पार्टी अग्र पङतिमा रहेर लागिरहने बताए ।
त्यसैगरी युवा संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले युवाहरुले अव राजनिती संगै उत्पादकमुलक क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







